
काठमाण्डु, २७ भदौ– दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट आइपुगेका छन् ।
नेपालमै कानून व्यवसायमा सक्रिय सुहाङ केही समयअघि मात्र अष्ट्रेलिया गएका थिए । बाबुको निधनको खबर पाएलगत्तै उनी हिंडेका थिए । राति ११ बजेतिर सुहाङ नेपाल आइपुगेका नेता नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।
उनका अनुसार सुहाङ विमानस्थलबाट सिधै बाबुको पार्थिव शरीर राखिएको स्थान एमाले मुख्यालय च्यासल पुगेका थिए । बाबुको मुख हेरेर उनी बालुवाटार निवास गएका थिए । नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज सााझ आइपुग्दैछन् ।
नेम्वाङको पार्थिव शरीर आज अपराह्न १ बजेसम्म श्रद्धाञ्जलीका लागि एमाले कार्यालयमै राखिने र त्यसपछि बालुवाटारस्थित निवासमा लैजाने तयारी छ ।
उनको राष्ट्रिय सम्मानसहित बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिने छ । सरकारले नेम्वाङको निधनमा भोलि सार्वजनिक बिदा भएको छ ।