
काठमाण्डु, २७ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सुन तस्करी प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ ।
बिहान ११ः३० मा लाजिम्पाटस्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको सिआईबी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
गत २ साउनमा मोटरसाइकलको ब्रक सुभित्र लुकाएर हङकङबाट ल्याइएको तस्करीको ७१ केजी ७ सय ग्राम सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।
उक्त प्रकरणको सिआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले सिआईबीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा बुझाउने तयारी गरेको छ । संगठित अपराधमा ६० दिनभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसक्नुपर्छ ।
सुन तस्करी प्रकरणमा सिआईबीले पूर्वसभामुख कृष्णबहादुर महरा पुत्र राहुलसहित २७ जनालाई पक्राउ गरेको छ ।