मणिपुरमा तीन जनाको गोली हानी हत्या
काठमाण्डु टुडे
२०८० भदौ २६ गते २०:२५ मा प्रकाशित
एजेन्सी– भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा गोली हानी तीन जनाको हत्या भएको छ ।
मंगलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक सबै स्थानीय कुकी–जोमी समुदायका व्यक्ति छन् । उनीहरु सार्वजनिक गाडीमा यात्रा गरिरहेका बेला हमला भएको थियो ।
गैरआदिवासी मेइतेइ समुदायलाई अनुसूचीत जनजातिको दर्जामा समावेश गरिएको विरोधमा भएको प्रदर्शनका क्रममा उक्त राज्यमा गत मेमा हिंसा भड्किएको थियो । सोही हिंसाको बाछिटाका कारण छिटपुट घटना भइरहेका छन् ।
बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यक जारी हिंसामा हालसम्म १ सय ६० भन्दा बढीले ज्यान गुमाएका छन् । ६० हजार मानिस घरबार छाडेर विस्थापित भएका छन् ।