
काठमाण्डु, २६ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन् ।
नेम्वाङप्रति श्रद्धान्जली दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले असहज परिस्थितिमा भएका सहकार्य र भूमिकाप्रति उच्च सम्मान व्यक्त गर । मुलुकको राजनीतिक परिवर्तनमा नेम्वाङले लिएको पहलकदमी, दिएको योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू मानसपटलमा ताजै रहेको स्मरण उनले गरे ।
एक निडर र इमान्दार राजनीतिकर्मीका रूपमा विद्यार्थी राजनीति हॅुदै कोअर्डिनेशन केन्द्र, नेकपा माले र नेकपा एमाले निर्माण एवम् विस्तारमा नेम्वाङको पहलकदमी, भूमिका, योगदान, नेतृत्व र समन्वयका अनेकन पहलहरू आफ्नो मानसपटलमा ताजै रहेको उनले बताए ।
समाजको रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेम्वाङले समुन्नत राष्ट्र बनाउन सिंगो जीवन नै संघर्षमा होमिएको नेपालको भनाइ छ ।
नेम्वाङको अकल्पनीय निधनमा भारी मनसहित श्रद्धान्जली दिएको नेपालले बताए । नेम्वाङको ७१ वर्षको उमेरमा गएराति हृलयघाटका कारण निधन भएको थियो ।