सुवास नेम्वाङको मृत्युपछि काँग्रेसद्वारा बिपी साहित्य महोत्सव स्थगन

काठमाण्डु टुडे २०८० भदौ २६ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २६ भदौ– कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ ।
एमाले उपाध्उयक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएका कारण काँग्रेसले महोत्सव स्थगन गरेको हो । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबारयता साहित्य महोत्सव भइरहेको छ । काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
महोत्सव तयारी समितिका संयोजक बद्री पाण्डको अध्यक्षतामा मंगलबार बसेको बैठकले महोत्सव स्थगनको निर्णय गरेको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले शालीन र सुयोग्य राजनीतिज्ञ नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेम्वाङका परिवारजन, एमाले पार्टी र शोकाकुल सबैमा हार्दिक समवेदन व्यक्त गरेको पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us