
काठमाण्डु, २६ भदौ– दिवंगत संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार मात्र हुने भएको छ ।
दुवै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि बुधबार मात्र गर्न लागिएको हो ।
नेम्वाङका जेठा छोरा मिङ्सो बेलायत र कान्छा सुहाङ अस्ट्रेलिया छन् । जेठा छोरा भोलि र कान्छा आज राति नेपाल आइपुग्ने नेम्वाङकास्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए । उनका चार सन्तानमध्ये दुई छोरी राजधानीमै छन् ।
नेम्वाङको गएराति हृदयघातबाट निधन भएको थियो ।