
काठमाण्डू, २६ भदौ- सरकारले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा राष्ट्रिय शोकको घोषणा गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनको ७१ वर्षको उमेरमा गएराति हृदयघातबाट निधन भएको थियो ।