सुवास नेम्वाङको निधनले स्तब्ध भएको छुः देउवा

काठमाण्डु टुडे २०८० भदौ २६ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले आफू स्तब्ध भएको बताए । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु’, उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us