
काठमाण्डु, २६ भदौ– प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर कोरिया प्रस्थान गरेका छन् ।
साइबर अपराध प्रतिकारसम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन कुँवर नेतृत्वको सात सदस्यीय टाली गएराति कोरिया प्रस्थान गरेको हो ।
कुँवर कोरियाको सङक्युनक्वान विश्वविद्यालयद्वारा आयोजित कार्यशालामा सहभागी हुनेछन् ।
कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्ष (एआईजी) द्वय टेकप्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआईजी) ई. फणिन्द्र बराल, अर्का डिआईजी विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्याल र काठमाण्डु प्रहरी परिसरका एसएसपी भुपेन्द्रबहादुर खत्री सहभागी छन् ।
यसैबीच कार्यबाहक प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले पाएका छन् ।
महानिरीक्षक कुँवरले आफ्नो अनुपस्थितिमा अनुपस्थितिमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाज सम्हाल्ने गरी थापालाई कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका हुन् ।