
काठमाण्डु, २५ भदौ– सहकारी ठगी आरोपमा ग्यालेक्सी फोके टेलिभिजनका सञ्चालक जितेन्द्रबाबु (जिबी) राई पक्राउ परेका छन् ।
राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्षसमेत हुन् ।
जिल्ला अदालत कास्कीबाट प्रहरीले राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको थियो ।
राईमाथि बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप छ । राईविरुद्ध ९७१ जनाले जाहेरी दिएका छन् ।