काठमाण्डु, २२ भदौ– ६१ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराका शिवकुमार सफर रहेको प्रहरीले जनाएको छ । योसँगै उक्त तस्करी प्रकरणमा पक्राउ पर्नेेको संख्या २७ पुगेको छ ।
गत २ साउनमा हङकङबाट स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको अवैध सुन त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिएपछि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।
उक्त प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पुत्र राहुल पक्राउ परेका छन् । पूर्वउपराष्ट्रपति पुत्र दिपेशसँग पनि प्रहरीले बयान लिएको छ ।