सुन तस्कर पूर्वप्रहरी महानिरीक्षकलाई अख्तिायार प्रमुख बनाइँदैछः सिंह

काठमाण्डु टुडे २०८० भदौ २१ गते २०:४७ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सुन तस्करीमा संलग्न एक पूर्वप्रहरी महानिरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चलखेल भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार विशेष समयमा बोल्दै सिंहले त्यस्तो दाबी गरे । बयानमा बोलाउनुपर्ने पूर्वआईजीपीलाई अख्तियार प्रमुख बनाउन लागिएको आरोप उनको थियो ।

ती पूर्वप्रहरी महानिरीक्षक को हुन् र कसले उनलाई अख्तियार प्रमुख बनाउन खोजेको भन्नेबारे सिंहले थप खुलाएनन् । ‘सुन तस्करीमा संलग्न पूर्वआईजीपीलाई किन बयानमा बोलाइँदैन ?’, उनले भने, ‘किनकी अख्तियार प्रमुख बनाउन लबिङ भइरहेको छ ।’

सुन तस्करीमा संलग्न व्यक्तिलाई प्रमुख बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवस्था के होला भन्ने उनको सरकारलाई प्रश्न थियो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us