
विराटनगर, २० भदौ– हराइरहेका चिकित्सकको सप्तकोशी नदीमा शव फेला परेको छ । कार छाडेरबेपत्ता भएका चिकित्सक ३२ वर्षीय प्रज्ज्वल कोइरालाको शव बराहक्षेत्रनगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको प्रहरीले जनाएको छ ।उदयपुर प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले कोइरालाको शव मंगलबारअपराह्न भेटिएको जानकारी दिए ।
झापा, दमक–१ का बासिन्दा कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए ।
कोशीमा माछा मार्न गएकाहरुले गलेको अवस्थामा शव फेला पारेर प्रहरीमा खबर गरेका थिए ।
डा. कोइराला गत १० भदौमा बेलका नगरपालिका–८ स्थित सप्तकोशी किनारमा कार छोडेर बेपत्ता भएका थिए । बेलका नगरपालिका–८ मा कार पार्किङ गरेर बेपत्ता भएका थिए ।