
काठमाण्डु, १९ भदौ– मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा गउका छन् ।
सप्तरी जिल्ला अदालतको आदेशमा यादवलाई काराकार चलान गरिएको छ । सप्तरी प्रहरी प्रमुख एसपी गजुसिद्धी बज्राचार्यले यादवलाई कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अघि बढाइने जानकारी दिए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराजबाट पक्राउ गरेको थियो । यादवमाथि ९ असार २०६४मा माओवादी नेता तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको अपहरणपछि हत्या गरेको अभियोग लागेको थियो ।
मृतकका परिवारले २०६४ असार १४ मा यादवसहित नौ जनाविरुद्ध कर्तव्यज्यान मुद्दामा किटानी जाहेरी दिएको थियो । जाहेरीपछि फरार यादव फरार सूचीमा थिए ।