अब फेसबुक चलाउन पैसा तिनुपर्ने

काठमाण्डु टुडे २०८० भदौ १८ गते ८:०३ मा प्रकाशित

काठमाण्डु– अबदेखि फेसबुक चलाउन पैसा तिर्नुपर्ने भएको छ ।

फेसबुक सञ्चालक मेटा कम्पनीले फेसबुक र इन्स्ट्राग्रामलाई स–शुल्क बनाउने निर्णय गरेको हो । सुरुमा फेसबुक वा इन्स्ट्रामध्ये एउटाको शुल्क तिरेपछि अर्को निःशुल्क चलाउने पाइने छ ।

तर, प्रयोगकर्ताले फेसबुक चलाएबापत कति शुल्क तिर्नुपर्छ भन्ने स्पष्ट गरिएको छैन । पहिलो चरणमा यो निर्णय युरोपेली मुलुकहरुबाट लागू हुनेछ ।

यरोपियन युनियनले फेसबुकको विज्ञापन र प्राइभेसी नीतिमा परिवर्तन गर्न पटकपटक दबाब दिँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us