१८ वर्षीया किशोरीको मृत्यु, परिवार शंकाको घेरामा

काठमाण्डु टुडे २०८० भदौ १७ गते २०:४२ मा प्रकाशित

जनकपुर, १७ भदौ– जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको छ ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले यादव आइतबार अपराह्न मृत भेटिएको बताए । परिवारका सदस्यले भने कलबाट पानी लिन गएका बेला लडेर उनको मृत्यु भएको बताएका छन् ।

तर, प्रहरीले परिवारको दाबीलाई आशंकाका रुपमा हेरेको छ । स्थानीयले पनि सरस्वतीको शनिबार राति नै मृत्यु भएको आरोप लगाएका छन् । सरस्वतीको रक्तश्रावका कारण राति नै मृत्यु भएको छिमेकीको भनाइ छ ।

डिएसपी गौतमले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाबारे बताउन सकिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us