
काठमाण्डु, १७ भदौ–काठमाण्डुका मेयर बालेन शाहले शनिबार राति आफ्नी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीलेचेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन् ।
आइतबार साँझ बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन चलाउने परमिट लिएको भए पनि शनिबार साँझट्राफिकले रोकेका बेला परमिट गाडीमा नभएको स्वीकार गरेको छ ।
बालेन पत्नी सुत्केरी भएको र एनआइसियूमा रहेको शिशुलाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा दाबी गरिएको छ ।
‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचकाक्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नुपरेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएकोतर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ,‘नगर प्रमुख सहितको परिचय खुलाएपश्चात्प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखीकरिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’
सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवारसुत्केरी सविनालाई अनावश्यक केरकार गरेको बालेनको सचिवालयले दाबी गरेको छ ।
‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेकाप्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।