
सोलुखुम्बु, १७ भदौ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीयअधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
६ लाख बिगोसहित तत्कालीन वडा नम्बर–२ का अध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी रतत्कालीन लेखापाल जीवन सुवेदीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको दाबी अख्तियारको छ ।
वडाध्यक्ष बस्नेतले भवन निर्माणका लागि निशुल्क पाएको जग्गा खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएको देखिएपछिअख्तियारले छानबिन अधि बढाएको हो ।