पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो

काठमाण्डु टुडे २०८० भदौ १७ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–काठमाण्डुमा आइतबार बिहान बसको ठक्करबाट ७ जना घाइेत भएका छन् ।

पेप्सीकोला–काँडाघारी सडकखण्डमा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बानेश्वर मिनभवनस्थित निजामति अस्पताल ल्याइएको छ ।

प्रहरीले घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us