सन्धुपाल्चोकमा स्कारपियो दुर्घटना हुँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ १७ गते ८:४२ मा प्रकाशित

सिन्धुपाल्चोक, १७ भदौ– सिन्धुपाल्चोकमा आइतबार बिहान भएको जिप दुर्घटनामा जनाको मृत्यु भएको छ ।

बा१५च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो नजिकै बिहान दुई बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र जिपमा सवार बलबहादुर खत्री छन् । प्रहरीका अनुसार घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us