
रसुवा, १७ भदौ– तस्करीको अवैध सुनसहित रसुवाबाट शनिबार एक महिला पक्राउ परेकी छन् ।
रसुवागढीस्थित मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेकी हुन् ।
रसुवा प्रहरी प्रमुख डिएसपी सुवास बुढाथोकीले केरूङबाट अवैध रुपमा भित्र्याइएको सुनसहित सीमामा खटिएका सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले त्यसबारे थप अुनसन्धान भइरहेको जनाएको छ ।