
काठमाण्डु, १७ भदौ– आफ्नी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारलाई चोरको संज्ञा दिँदै उनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।
शनिबार राति बिदाका दिन अनुमतिबिना सरकारी प्लेटको गाडी चलाएको पाइएपछि प्रहरीले राति ९ बजेतिर कोटेश्वरमा बालेन पत्नी सवार गाडी रोकेको थियो । सरकारी गाडी तीव्र गतिमा हुइँकिएको देखेपछि प्रहरीले रोकेको हो ।
‘आजको लागी केहि भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार’, साहले लेखेका छन् ।