विप्लवको पार्टीले गरेको निर्णयले प्रचण्डलाई नैतिक संकट

काठमाण्डु टुडे २०८० भदौ १५ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आन्दोलन घोषणा गरेको छ ।

नेकपाको शुक्रबार बसेको स्थायी समिति बैठकले एमसीसी असफल पार्ने निर्णयसहित आन्दोलन घोषणा गरेको हो । पहिलो चरणमा एमसीसीसीविरुद्ध गोष्ठी र मार्चपासको कार्यक्रम तय भएको सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

एमसीए नेपालमार्फत विद्युत प्रसारण लाइन निर्माण हुने काठमाण्डुको लप्सप्फेदी, नुवाकोटको रातमाटेसहित धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी एमसीसीको विरोधमा रहेकाहरुसँग गोष्ठी गरिने उनले बताए ।

यस्तै आगामी १ असोजदेखि १५ गतेसम्म एमसीसी आयोजना कार्यान्वन हुने स्थानहरुमा मार्चपास राखिएको छ । उक्त कार्यक्रमपछि फेरि बैठक बसेर अर्को चरणको आन्दोलनका कार्यक्रम तय गरिने नेकपाले जनाएको छ ।

पाँच वर्षमा सकिने गरी एमसीसी आयोजनाको बुधबार विधिवत सुरआत गरिएको थियो ।
सत्तारुढ दलहरुसँगै समाजवादी मोर्चामा रहेको दलले एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेपछि मोर्चाको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्ड नैतिक संकटमा परेका छन् ।

माओवादी केन्द्र र नेकपाबीच एकताको तयारी भएको भनिएका बेला विप्लवले आन्दोलन घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us