महिलाद्वारा शरीरमा मट्टितेल खन्याएर आत्मदाह 

काठमाण्डु टुडे २०८० भदौ ११ गते ११:०२ मा प्रकाशित

दार्चुला, ११ भदौ– दार्चुलामा आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।

शरीरमा आगो झोसेर आत्मदाह प्रयास गरेकी शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदको मृत्यु भएको हो ।

दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेले स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा साउदको बाटैमा मृत्यु भएको हो ।

साउदको शरीरको ८० प्रतिशत भाग जलेको उनले बताए । श्रीमान सामान किन्न बजार गएका बेला साउदले आइतबार शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी हुन् ।

आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us