सर्वोच्चद्वारा बालेन्द्र शाहले दायर गरेको रिट खारेज

काठमाण्डु टुडे २०८० भदौ ६ गते १८:३६ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक उड्डयन प्राधिकरणविरुद्ध दायर रिट खारेज गरेको छ ।
सिनामंगलस्थित प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरले गत जेठमा काम रोक्न निर्देश्न दिएको थियो । महानगरको टोलीले त्यस क्रममा भवनको कम्पाण्डमा लगाइएको तारसमेत काटेको थियो । महानगरले कानूनविपरीत बलप्रयोग गरेको भन्दै प्राधिकरणले महानगर प्रमुख शाहलाई स्पष्टीकरण सोधेको थियो । बालेनले प्राधिकरणलाई स्पष्टीकरण नदिई अदालतमा रिट हालेका थिए । अदालतले उनको रिट खारेज गर्दै बालेनलाई नागरिक उड्डयन प्राधिकरणमा स्पष्टीकरण दिन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us