प्रचण्डको चेम्बरमा केपी ओली र सुवास नेम्वाङबीच भनाभन

काठमाण्डु टुडे २०८० भदौ ६ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष केपी ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भनाभन भएको छ ।

६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको जाँचबुझ आयोगसम्बन्धी सहमतिको मस्यौदाबारे छलफल गर्न बैठक बसेको थियो ।

प्रधानमन्त्रीको चेम्बरमा बसेको बैठकमा ओलीले सहमतिको ड्राफ्टमा उल्लेख भाषालाई लिएर असन्तुष्टि जनाए । सोमबार राति दलहरुबीचको सहमतिमा मस्यौदा तयार पार्न काँग्रेसबाट रमेश लेखक, एमालेबाट नेम्वाङ र माओवादी केन्द्रबाट हितराज पाण्डे रहेको कार्यदल बनेको थियो ।

ओलीले आफ्ना तफृका कार्यदल सदस्य नेम्वाङतिर हेरर यस्तो के मस्यौदा गरेको ? भन्ने प्रश्न गरेको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा ओलीले भने, ‘ के लेखेको यो सहमतिको ड्राफ्ट ? नेपालीमै लेखेको भए पनि यो लेख्नेलाई भाषा सिकानुपर्ने जस्तो देखियो ।’

ओलीको प्रस्तुतिबाट सबैले असहज महसुस गरेका थिए । नेम्वाङले शालीन शैलीमा जवाफ फर्काए ।

‘लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ’, उनले भने, ‘भाषाको ज्ञान भएको मानिसहरुले आफैं बुझ्नुपर्ने हो ।’ नेम्वाङको जवाफपछि ओली चुप लागे ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग ऐन–२०२६ अनुसार आयोग गठन गर्ने सहमति भएको छ । आयोगले ५ असोजबाट काम थाल्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us