
काठमाण्डु, ३२ साउन– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।
गृहजिल्ला गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा शुक्रबार आधारभूत अस्पताल उद्घाटन उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताए ।
अप्ठेरोमा पार्न खोजे सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने उनको भनाइ थियो ।
‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं’, श्रेष्ठले भने, ‘जुन दिनसम्म सरकारमा रहन्छौं । यो सुशासनको अभियान रोकिंदैन ।’
नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने उनले बताए ।