मकवानपुरमा भारी वर्षा, आकस्मिक बाढी आउने भन्दै सतर्क रहन आग्रह

काठमाण्डु टुडे २०८० साउन २८ गते ९:५० मा प्रकाशित

मकवानपुर, २८ साउन– मकवानपुरमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुरको गढी र हेटौँडा मापन केन्द्रमा गरिएको मापनमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको देखिएको हो ।

सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी र खोलाको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us