
काठमाण्डु, २८ साउन– जल तथा मौसम विभान विभागअन्तर्गतको बाढी पूर्वानुमहान महाशाखाले देशभरका १० नदीमा जलसतहले सतर्कता तह छुने अनुमान गरेको छ ।
आज दिउँसो र राति सातै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी, त्रिशुली, मर्स्याङ्दी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पश्चिम राप्ति नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।
यस्तै बबई नदीमा जलसतह सतर्कता तह नाघ्ने सम्भावना छ । त्यस्तै ४५ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई महाशाखाले आग्रह गरेको छ । ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केहि स९साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले सतर्क रहन महाशाखाले भनेको छ ।
सुर्खेत, दैलेख, अछाम, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको महाशाखाले जानकारी दिएको छ । मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी सुस्ता पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
a