महाकाली नदी आसपासका बासिन्दालाई सतर्क रहन चेतावनी

काठमाण्डु टुडे २०८० साउन २४ गते ९:३७ मा प्रकाशित

कञ्चनपुर, २४ साउन– महाकाली नदीको जलसतहले सतर्कता लेबल पार गरेपछि तटीय क्षेत्रका मासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा वर्षात जारी रहेकाले जल सतह अझै बढ्न सक्ने भन्दै सतर्क रहन भनेको हो ।

डडेलधुराको पारिगाउँ स्टेशनमा मंगलबार बिहान गरिएको मापन अनुसार महाकाली नदीको जलसतह ५.८३ छ । महाशाखाले ५।८० मिटरको जलसतहलाई सतर्कता तह र ७ मिटरलाई खतराको तह मानिन्छ ।

सुदूरपश्चिममा डडेलधुरा, दार्चुला, डोटी र आसपासका क्षेत्रहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us