शीर्ष नेताहरूको मंगलबारको छलफल पनि निष्कर्ष विहीन

काठमाण्डु टुडे २०८० साउन २३ गते १४:१२ मा प्रकाशित

काठमाण्डु ,२३ साउन- संसदको अवरोध हटाउनेबारे मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको छलफल निष्कर्षविहीन बनेको छ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

बिहान १० बजेदेखि बसेको बैठक निष्कर्षविहीन भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।एमालेले सुन प्रकरणको छानबिनको लागि उच्चस्तरीय समितिको माग गर्दै संसद अवरूद्ध गर्दै आएको छ।

साउन १० गतेदेखि संसदको नियमित कार्यसूची अघि बढ्न सकेको छैन।प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। आज बोलाइएको बैठकको एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको सूचना सदनसमक्ष दिइनेलगायत कार्यसूची रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us