
काठमाण्डु, २३ साउन- सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरू भएको छ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।
सुन तस्करीको प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।
अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् ।सोमबार पनि सिंहदरबार र नयाँ बानेश्वरमा सभामुखको कार्यकक्षमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो। २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो ।