माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाण्डु टुडे २०८० साउन २१ गते १४:३५ मा प्रकाशित

काठमाण्डु २१ साउन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन। जसअनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन्।

अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ। यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएको छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us