मन्त्रिपरिषदद्वारा संघीय शिक्षा ऐन पारित

काठमाण्डु टुडे २०८० साउन १६ गते १९:४९ मा प्रकाशित

काठमाण्डु, १५ साउन–सरकारले संघीय शिक्षा ऐन प्रतिनिधिसभामा पेश गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ऐन संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै बैठकले लम्पी स्किन रोगबाट पशु चौपाया मरेका किसानलाई क्षतिपूर्ति दिने सम्बन्धमा कृषि मन्त्रालयले अर्को बैठकमा प्रस्ताव पेश गर्ने निर्णय भएको उनले जनाइन् ।
विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us