सबै वामपन्थीहरुलाई एकताबद्ध गर्न चाहन्छौं तर कसैले चाहना राखेनन् भने हामी घिसारेर ल्याउँन सक्दैनौं : माधव नेपाल

काठमाण्डु टुडे २०८० साउन १४ गते १५:३१ मा प्रकाशित

कठमाण्डु, १४ साउन- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबै वामपन्थी शक्तिहरुलाई एकतामा आउन आग्रह गरेका छन।

आज समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले वामपन्थी शक्तिहरुलाई मोर्चामा आउन आह्वान गरेका हुन कार्यक्रममा बोल्दै नेपालले समाजवादी मोर्चा घोषणा गरेपछि तल्लो तहसम्म राम्रो सन्देश प्रवाह भएको जीकीर गरे।

‘हामी सकेसम्म धेरैलाई समेट्न चाहन्छौं । हामीले समेट्ने कुरा गरेर मात्रै पुग्दैन । अरुले पनि चाहना राख्नुपर्छ । चाहना राखेनन् भने हामी घिसारेर ल्याउँन सक्दैनौं ।

आफ्नो कुुरा थोपार्न पनि सक्दैनौं । हामी सबैलाई मोर्चामा आउन आह्वान गछौं । आउनुस् नेपाल राष्ट्रको लागि बसौं, जनताको हितको लागि मिलेर अगाडि बढाऔं ।’ उनले भने,

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us