नारायणकाजी श्रेष्ठ अस्वस्थ

काठमाण्डु टुडे २०८० साउन १४ गते ७:४१ मा प्रकाशित

काठमाण्डु, १४ साउन– उप्रप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि श्रेष्ठ चिकित्सकको परामर्शमा निवासमै आराम गरिरहेको उनको सचिवालय श्रोतले जनाएको छ । सिजनल भाइरलका कारण स्वास्थ्यमा समस्या भएको बताइएको छ ।

श्रेष्ठ शनिबार बिहान गोकर्णेश्वर नगरपालिकामा आयोजित कार्यक्रममा थिए भने दिउँसो प्रधानमन्त्री निवास बालुवाटारका विभिन्न बैठकका सहभागी भए ।

श्रेष्ठले आइतबारका लागि पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us