नाइजारमा सैनिक ‘कू’, राष्ट्रपति बाजुम सेनाको कब्जामा

काठमाण्डु टुडे २०८० साउन ११ गते ८:१९ मा प्रकाशित

एजेन्सी– अफ्रिकी मुलुक नाइजरमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले देशको शासनसत्ता आफूले लिएको घोषणा गरेको छ ।

कर्णेल मेजर अमाडो अब्द्रामानेले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गरी देशको शासन सत्ता आफूले सम्हालेको घोषणा गरेका छन् । आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय परिषद्ले देशको दैनिक कामकाज चलाउने अमाडोले बताए ।

घोषणाका क्रममा उनले संविधान विघटन गर्दै संविधानअन्तर्गतका सबै निकाय निलमबन गरिएको बताए । सैनिक विप्लवसँगै अन्तर्राष्ट्रिय सिमानाका सेनाले बन्द गरेको छ ।

राष्ट्रपति मोहम्मद बाजुमलाई सेनाले नियन्त्रणमा लिएको छ । यसैबीच संयुक्त राज्य अमेरिकाले सैनिक
कू’ को विरोध गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अपदस्थ राष्ट्रपति बाजुमलाई टेलिफोन गरी नागरिक शासन पुनर्वहालीका लागि अपिल गर्न भनेको बीबीसीले जनाएको छ ।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि सैन्य ‘कू’ को विरोध गरेका छन् । उनले अपदस्थ राष्ट्रपतिका पक्षमा ऐक्यबद्धता जनाएका छन् । यस्तै अफ्रिकी युनियनले पनि सैन्य ‘कू’ को विरोध गरेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us