लोकगायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक

काठमाण्डु टुडे २०८० साउन ५ गते २१:२० मा प्रकाशित

काठमाण्डु, ५साउन- गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ।

शुक्रबार गायक सपुले आफ्नै युट्युब च्यानलमार्फत दमाई महाराजु बोलको गीत सार्वजनिक गरेका हुन्। गीत गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन्।

उनको  आफ्नै शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्। गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

उनले गीतमार्फत  छुवाछुत तथा भेदभावविरूद्ध आवाज उठाएका छन्।

केही समय अगाडि उनले यसवर्ष  गीतसंगीतको माध्यमबाट जातीय विभेदविरूद्ध काम गर्ने बताएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us