विमानस्थलबाट बरामद भएको सुन मेरो भएको भए म डाँडा काटिसकेको हुन्थें :दिपक मल्होत्रा

काठमाण्डु टुडे २०८० साउन ४ गते १४:३३ मा प्रकाशित

काठमाण्डु, ४ साउन- व्यापारी दिपककुमार मल्होत्राले बुधवार त्रिभुवन विमास्थलबाट बरामद भएको सुनमा आफनो संलग्नता नरहेको बताउका छन।

आन काठमाण्डुमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्। मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको बताएका छन।

ब्ुधबार राती त्रिभुवन विमास्थलबाट बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो।मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।

समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’ उनले भने उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने पनी उनले बताए।‘

खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने। मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ ।

आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us