काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा खतिवडाले भने: प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नुभाछ ?

काठमाण्डु टुडे २०८० साउन ३ गते २२:०२ मा प्रकाशित

काठमाण्डु, ३ असार– कांग्रेसको संसदमा प्रस्तुति फितलो भएको भन्दै केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य रामहरि खतिवडाले चिन्ता व्यक्त गरेका छन ।

केन्द्रीय सदस्य  एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले नेतृत्वमा रहेका मुख्य व्यक्तिहरु संसद कम जाने गरेको बताएका छन  ।

उनले भने, ‘सभापति यदाकदा जाने गर्नुहुन्छ । उपसभापति दुई जना नै मन्त्री हुनुहुन्छ । महामन्त्री छिन छिनमा देखिनुहुन्छ, जानुहुन्छ,’  ‘प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नुभाछ ?

’ उनले प्रत्येक दिन छलफल गरेर संसदमा जाने पार्टीको पद्धति हुने हो भने संसदमा दह्रो रुपमा प्रस्तुत हुन सकिने बताएका छन  । कांग्रेस आफू आफू आरोप प्रत्यारोपमा लागेर कमजोर रहेको खतिवडाले बताएका छन  ।

बैठकमा पार्टीमा देखिएको गलत प्रवृत्तिबारे खतिवडाले भने, ‘आफैभित्र चर्का कुरा गर्छौँ । गुटलाई प्रश्रय दिन्छौं । एकले अर्कोलाई आलोचना गरेर आफू महान बन्न खोज्छौं । ’

साथै उनले संस्थापनइतका नेता डा। शेखर कोइरालाले पार्टीभित्र सुझबुझपूर्ण राजनीति गरेको भन्दै कोइरालाको प्रशंसा गरेका छन  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us