एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाण्डु टुडे २०८० साउन ३ गते ११:४९ मा प्रकाशित

काठमाण्डु,३ साउन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।

ओली गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गरेका हुन्।उनको एउटा राजनीतिक गोष्ठीमा पनि सहभागी हुने कार्यसूची रहेको छ।’ भ्रमण टोलीमा ओलीका पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, सचिवालयका राजेश बज्राचार्य र दिनेश भण्डारी छन्।

अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यसूची रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us