पत्रकार खड्काको शब्द रहेका दुई डेउडा गीत सार्वजनिक

काठमाण्डु टुडे २०८० साउन १ गते १६:२८ मा प्रकाशित

काठमाण्डु–पत्रकार तथा गीतकार डिबी खड्काको शब्द रहेका दुई डेउडा गीत युट्युवमार्फत् सार्वजनिक भएका छन् ।

गायक सुनिल नेपाली र गायिका रेखा जोशीको आवाजमा ‘लाउकी मायाजाल’ तथा गायिका अनिता चलाउने र गायक रवि ओडको आवाजमा ‘कर्णाली पारीको गीत’ सार्वजनिक भएका हुन् ।
‘लाउकी मायाजाल’ मा डिबीसँगै भीम थापा नायक र निर्मला कार्की विष्टको शब्द रहेको छ । गीतलाई कटक नेपालीले संगीत दिएका छन् भने केशव बाबुले एरेन्ज गरेका छन् ।
गीतको भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका छन्। भिडिओ प्रकाश खड्काले खिचेका छन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् ।

‘कर्णाली पारीको’मा विनोद बाजुरालीले संगीत दिएका छन् । एरेन्ज पनि विनोदकै रहेको छ । गीतको भिडिओलाई शंकर बिसीले निर्देशन गरेका छन् ।
भिडिओमा शंकर र रवि ओडसँगै कविता नेपाली, मिस पवि (पवित्रा साकी) र शिबु पाण्डे फिचर्ड छन् । भिडिओलाई नवराज उप्रेतीले खिचेका छन् भने नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us