सार्वजनिक यातायातको भाडा घट्यो

काठमाण्डु टुडे २०८० साउन १ गते १३:४२ मा प्रकाशित

काठमाण्डु ,१ साउन- पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसगै सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको थीयो। ‘

घटाएको भाडा दर आजदेखि नै लागु हुनेछ । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको बताएको छ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us