
सोल- दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।
भने अन्य १० जना बेपत्ता भएका छन् ।सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा एउटा अन्डरपासबाट आइतबार बिहान ७ जना मानिसको शव निकालिएको छ।
अन्डरपासमा पानी भरिएपछि त्यहाँ एउटा बससहित १५ वटा जति सवारी साधन डुबेका छन्।गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।
उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ । मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो ।
अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय६६ जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ ।