संयमित र मर्यादित भएर आचोलना गर्दिनुस्, सच्चिन तयार छौँ: रवि लामिछाने

काठमाण्डु टुडे २०८० असार ३० गते १५:१५ मा प्रकाशित

काठमाण्डु,३० असार- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे।

उनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्’यस्तै सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे।

रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us