
काठमाण्डु,२९ असार- सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेको छ ।
सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । शुक्रबार बिहान ७स्४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको बार भत्काएर सप्तकोशीमा खसेको हो।
प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि पठाइएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक देखिन छाडेको उनले बताए ।
नदीमा खसेको ट्रक खोजी भइरहे पनि भेटिने सम्भावना कम रहेको उनले बताए।