मन्त्रीले काजमा राखेका ८ सय डाक्टरको दरबन्दी व्यवस्थापन गर्दा धम्की आयो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाण्डु टुडे २०८० असार २८ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २८ असार- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री बस्नेतले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउने गरेको बताएका छन।

स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा पुर्यााएर नै छोड्ने बताए ।

उनले ८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसके स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए ।

कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेसन नै गर्नुपर्ने उनले बताए ।मन्त्री बस्नेतले सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us