रोल्पाको रुन्टीगढी–४ का वडाध्यक्षको निधन

काठमाण्डु टुडे २०८० असार २७ गते १७:०६ मा प्रकाशित

काठमाण्डु ,२७ असार- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको निधन भएको छ ।

मङ्गलवार एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो ।३७ वर्षीय पुनको उपचारका क्रममा आज ज्यान गएको अस्पतालले जनाएको छ ।

पुन गएको पालिका चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us