
काठमाण्डु, २६ असार– राष्ट्रियसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
संघीय संसद सचिवालयले विशेष कारणबस बैठक बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीताको निधन भएका कारण बैठक स्थगित गरिएको हो ।
सीताको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।