काठमाणडु ,२४ असार- नेपाल विश्वको एउटा सानो देश भए पनि जल, जमिन र जंगलको लागि प्रसिद्ध छ ।
नेपाल जलस्रोतको दोस्रो धनि देश हो । यस्तै नेपाल कृषिप्रधान देश पनि हो । नेपालमा कृषिको लागि अनुकुल माटो र हावापानी पर्याप्त मात्रमा उपलब्ध छ ।तर उचित किसिमको माटो र हावापानी भए पनि सबै ठाउँमा सिँचाईको पहुँच प्रभावकारी रुपमा पुगेको छैन ।
सिंचाईको पहुँच सबै ठाउँमा प्रभावकारी तवरले नपुग्दा र किसानले उत्पादन गरेको अन्न, फलफूल तथा तरकारीले उचित किसिमको भाउँ नपाउदा कृषि योग्य जमिनहरु बाँझिदै गएका छन् ।
यी र यस्ता समस्याका कारण नेपालका दक्ष युवा जनशक्तिहरु वैदेशिक रोजगारका लागि विदेश पलायन हुन बाध्य छन् ।नेपाल छोडेर वैदेशिक रोजगारको लागि दैनिक हजारौंको संख्यामा नेपालका दक्ष जनशक्तिहरु विदेशीने गरेका छन् ।यही गतिले नेपालका युवाजनशक्तिहरु रोजगारको लागि विदेश जाने हो भने गाउँघरमा वृद्ध वृद्धा र अशक्तहरु बाहेक विरलै मात्रमा युवाहरु देख्न सकिन्छ ।
नेपालको यो अवस्थामा दिन प्रति दिन बढ्दै जाने हो भने मर्दा पर्दा हार गुहार माग्दा साथ दिने युवाहरु नपाइने अवस्था श्रृजना हुनसक्छ ।यसरी दिनप्रति दक्ष युवा जनशक्तिहरुले वैदेशिक रोगार रोज्नुको कारण नेपालमा रोजगार नहुनु, मंहगी बढ्नु, स्वेशी उत्पादनले उचित भाँउ नपाउनु, कृषकले राम्रो बजार नपाउनु, व्यापार गर्न खोज्ने व्यापारीको लागि बैंक चर्को ब्याजदर लगायतका समस्या देखिन्छ ।
यी र यस्ता किसिमका समस्या समधान गर्न सरकारको समयमै ध्यान जानु जरुरी छ र समधानका लागि पहल कदमी तुरुन्तै चाल्नु पर्ने सरकारको दाहित्व हो । गाउँघरका बलिया तथा दक्ष जनशक्ति वैदेशिक रोजगारको लागि विदेश जादा गाउँ घर सून्य हुदै जानुका साथै खेती योग्य जमिनहरु बाँझिदै गइरहेका छन् ।
खेती योग्य जमिन बाँझिदा नेपाललाई आर्थिक विकास देखि अन्य विकासहरुमा पनि ठूलो क्षति हुनसक्छ । त्यो अवस्था आउन नदिनको लागि सरकारवालाहरुले बेलैमा सोच्नु पर्ने देखिन्छ ।गाउँघरका खेती योग्य जमिनहरु बाँझिदै जानु भनेको नेपालले खाद्यन्न बाहिरी देशहरुबाट आयत गर्नु पर्ने बाध्यता हो ।
कृषिप्रधान देशले खाद्यन्न बाहिरी देशहरुबाट आयत गर्नु भनेको किसानले उत्पादन गरेका अन्न, फलफूल तरकारीले राम्रो बजार नपाउनु, र उचित किसिमको भाँउ नपाउनु, कृषकले समयमा बिउ, मल, सिंचाई नपाउनु, ग्रामीण क्षेत्रमा कृषकले उत्पादन गरेका वस्तुलाई धुवानी गर्नका लागि यातायात तथा सडकको प्रभावकारी ढंगले सुचारु नहुनका साथै कृषि पेशालाई गर्नेहरुलाई राम्रो नजरले नहुर्नु जस्ता मुख्य समस्या देखिन्छ ।
यस्तै गाउँघरका खेती योग्य जमिनहरु बाँझिनुमा ग्रामीण क्षेत्रमा राम्रो र दिगो विकासको गति दिन नसक्नु हो । गाउँघरमा पनि राम्रो र दिगो विकास हुने हो भने गाउँघरमै शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, इन्टरनेट राम्रो पहुँच पुग्न सक्छ । यी सेवा सुविधाहरु गाउँमै पुग्यो भने गाउँका युवाहरु आफ्नो भविष्य खोज्दै शहर पस्ने र विदेशिने वातावरण श्रृजना हुदैन । युवा जनशक्तिहरु गाउँ घरमै बस्ने थालेपछि खेती योग्य जमिन पनि बाँझो हुदैन ।